Thursday, June 17, 2021
घरBanner Newsमोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

बर्दिया : रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा बर्दियामा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुर घर भएका ३२ वर्षीय प्रहरी जवान अवधेशकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

यादवले चलाएको भे ८ प ७८९ नम्वरको मोटरसाइकल गुलरिया नगरपालिका–३ निमकोठियामा रोकिराखेको टयाक्टरको ट्रलीमा मंगलबार राति ११ बजे ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होममा लगिएको थियो । तर, मध्यरात सवा १२ बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको रानीपोखरीमा दरवन्दी भै महानगरीय प्रहरी बिट कालिमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको बिहेका लागि छुट्टिमा घर आएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments