Wednesday, September 22, 2021
घरBanner Newsकामिरिता २४औंपटक सर्वोच्च शिखरमा

कामिरिता २४औंपटक सर्वोच्च शिखरमा

काठमाडौं : कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् । एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका हुन् ।

मंगलबार बिहान ६:३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनी अघिल्लो बुधबार २३ औंपटक चुचुरोमा पुगेका थिए ।श्रेष्ठका अनुसार मौसम अनुकूल भएकाले मंगरबार बिहानबाट आरोहीहरु चुचुरोतर्फ लागेका छन् । मंगलबार मात्र १ सय २२ आरोहीले आरोहण गर्ने तालिका मिलाइएको छ ।

बुधबार २ सय ९७ र बिहीबार १ सय ७२ जना आरोहणको लाइनमा छन् । मे २४ मा पनि सबैभन्दा ठूलो समूहलाई चुचुरो लैजाने तयारी छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments