Wednesday, June 16, 2021
घरBanner Newsपाँचथरको आरुबोटेमा ९ जनाको विभत्स हत्या

पाँचथरको आरुबोटेमा ९ जनाको विभत्स हत्या

काठमाडौं: पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना सख्त बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले बताएका छन् ।हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

घाइते बालिकालाई भने उपचारका लागि अस्पताल लगिएको छ ।सदरमुकामबाट करिब ३ घण्टाको दूरीमा पर्ने उक्त स्थानमा कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको पौडेलले जानकार दिए ।७जेठ, फिदिम । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा २ परिवारका नौ जनाको हत्यामा मुकुन्डोधारी समूह संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।घटनाकी प्रत्यक्षदर्शी १२ वर्षीया बालीका सीता खुजुमले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

सीताका अनुसार, धारिलो हतियारसहित आएका समूहका सबैले मुकुन्डो लगाएका थिए ।अज्ञात समूहको निशानामा सीता खुजुम स्वयं पनि परेकी छन् । आक्रमणबाट उनको हात भाँचिएको छ । उनी भागेर ज्यान जोगाउन सफल भएकी छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम ल्याइएको छ ।२ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले झापाबाट प्रहरीको अनुसन्धान टोलीलाई बोलाइएको जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments