Tuesday, November 30, 2021
घरBanner Newsमोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धादिङ : धादिङको नौबिसेमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा३५प ९३९१ नंको मोटरसाइकललाई  अर्को गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका-१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments