Wednesday, June 16, 2021
घरBanner Newsदैलेख केन्द्रविन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प

दैलेख केन्द्रविन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प

दैलेख: दैलेख केन्द्रविन्दु भएर गएराति ५.१ रिक्टर स्केलको भूकम्प गएको छ ।जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दैलेखसँगै यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ ।भूकम्प गए पनि यसले पुर्‍याएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।२०७२ वैशाख १२ गते गएको भूकम्पपछि निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ । यसअघि वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments