Wednesday, September 22, 2021
घरBanner News१० महिने बालिकाको जलाएर हत्या

१० महिने बालिकाको जलाएर हत्या

दार्चुला : आफ्नै १० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुबाआमा पक्राउ परेका छन् ।बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो ।

घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।स्थानीयले खबर गरेपछि उनीहरुलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराको टोलीले सदरमुकाम ल्याएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोहराको भनाइ छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments