Sunday, June 13, 2021
घरBanner Newsबौद्ध सडकखण्ड कालोपत्र नभएको भन्दै स्थानीय बासिन्दाद्धारा अनिश्चितकालीन आन्दोलन सुरु

बौद्ध सडकखण्ड कालोपत्र नभएको भन्दै स्थानीय बासिन्दाद्धारा अनिश्चितकालीन आन्दोलन सुरु

काठमाडौँ :चुच्चेपाटी-टुसाल-बौद्ध-जोरपाटी सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले  स्वतस्फूर्तरुपमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् । समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले ह्युमपाइप, पोल तेर्स्याएर र सडकको बीच भागमै बसेर गाडीहरुको आवत-जावत रोकेका थिए । यद्यपि प्रहरीले सडकका अवरोधहरु हटाएको छ । तर, उनीहरुको प्रदर्शनका कारण यातायात आवागमन प्रभावित भएको छ ।

लामो समयदेखि सडक मर्मत नहुँदा विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपा अगाडिको सडकमा हिँडडुल गर्न समस्या छ । सो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलो हुने गरेको छ ।

यसबाट सडक किनारका बासिन्दा र व्यापारीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सडक जीर्ण भएकाले मानव स्वास्थ्यमा असर परेको र व्यापार व्यवसाय पनि संकटमा परेको गुनासो उनीहरुको छ ।

यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । सम्झौताअनुसार यो सडक २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक निर्माण कार्य पूरा नगरेर अलपत्र छाडिएको छ । सरकारले भने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments