Wednesday, June 16, 2021
घरBanner Newsबिहारमा हुने निर्वाचनका लागि वीरगञ्ज भन्सार नाका भोलिदेखि ३ दिनसम्म बन्द हुने

बिहारमा हुने निर्वाचनका लागि वीरगञ्ज भन्सार नाका भोलिदेखि ३ दिनसम्म बन्द हुने

वीरगञ्ज : सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने भएको हो ।तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ ।

भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुनेछ ।‘विगतमा पनि निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरेर सीमा बन्द गर्ने गरिएकै हो, यसपालि पनि त्यस्तै हुँदैछ । वैशाख २७ गतेदेखि २९ गतेसम्म सीमा नाका बन्द गरेर सहयोग गर्न भारतीय पक्षले पत्राचार गरेको छ, उनीहरुले अत्यावश्यक पेट्रोलियम पदार्थ नरोक्ने भनेका छन्’ उनले भने ।

पर्सा जिल्लाको मात्रै १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ ।त्यसैगरी सीमावर्ती शहरमा प्रशारणमा रहेका मिडियालाई मौन अवधिमा प्रचार प्रसार नगरिदिन पनि भारतीय पक्षले पत्र मार्फत आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।भारतीय लोकसभा निर्वाचनलाई लिएर पछिल्लो पटक सीमावर्ती सुरक्षा निकायका अधिकारीहरुको समन्वय बैठक डेढ महिना अघि मोतिहारीमा बसेको थियो ।

बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ । भारतीय राजनीतिमा बिहारले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । किनकी लोक सभाको ५ सय ४३ सदस्यमध्ये ४० जना यहीबाट चुनिने गरेका छन् ।पटना राजधानी शहर भएको बिहारको उत्तरमा नेपाल, पूर्वमा भारतकै पश्चिम वंगाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्य पर्छ । मौर्य वंशको उदय बिहारको मगधबाट नै भएको मानिन्छ । बिहारबाट सन् १९३६ मा ओडिशा र सन २००० मा झारखण्ड अलग भएको थियो ।

बिहार राज्यको नाम बौद्ध भिक्षुहरु बस्ने ठाउँ बिहारको नामबाट राखिएको हो । बिहारका बासिन्दाको मुख्य पेशा कृषि हो, बिहारमा जम्मा ११ प्रतिशत मानिस मात्रै शहरी क्षेत्रमा बसोबास गर्छन् । बिहारमा अहिले नितिश कुमारको नेतृत्वमा एनडीएको सरकार छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments