Tuesday, July 27, 2021
घरBanner Newsप्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६ दिन देश बाहिर हुने भएका छन् । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तो मान्न बिहीबार त्यसतर्फ जान लागेका ओली ६ दिन उतै व्यस्त हुन लागेका हुन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments