Sunday, June 13, 2021
घरBanner Newsविद्यालय भवनमा पुरुष मृत फेला

विद्यालय भवनमा पुरुष मृत फेला

डडेल्धुरा :जिल्लाको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमूना माध्यमिक विद्यालयमा एक व्यक्ति मृत फेला परेका छन् ।३५ वर्षीय रनबहादुर दर्लामी मगर विद्यालयको दोस्रो तलामा बुधबार मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय, जोगबुडाका प्रमुख प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयकाअनुसार, मृतक मगर कैलाली चुरे गाउँपालिका–४, बण्डका बासिन्दा हुन्।केही समयदेखि सोही विद्यालयमा मजदुरी गर्दै आइरहेका मगर मदिरा सेवनको कुलतमा फसेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments