Tuesday, July 27, 2021
घरBanner Newsअवैध सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

अवैध सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौं :अवैध ३० तोला सुनसहित नेपाल एयरलाइन्सका एकजना कर्मचारी पक्राउ परेका छन् ।महानगरी प्रहरी परिसर, काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स हृयांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।

उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।उनले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एयरलाइन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको पनि बताए ।

यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एयरलाईन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments