Thursday, June 17, 2021
घरBanner Newsमेयरकै अगुवाईमा विराटनगरमा हड्ताल !

मेयरकै अगुवाईमा विराटनगरमा हड्ताल !

विराटनगर : प्रदेश १ को स्थायी राजधानीबारे प्रदेशसभामा प्रस्ताव दर्ता भएसँगै विराटनगर आन्दोलित भएको छ । यो आन्दोलनको अगुवाई बिराटनगर महानगरका मेयर स्वयंमले गरिरहेका छन् ।

दुई तिहाई बहुमत रहेको सत्तारुढ नेकपाले आइतबार विराटनगरलाई प्रदेश राजधानी तोकेर कार्यापालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरु बृहत विराट क्षेत्र अन्तरगत बिराटनगर, सुन्दरहरैचा र इटहरीमा निर्माण गर्ने प्रस्ताव दर्ता गरेको थियो ।

आइतबार महानगरपालिकाकै अगुवाईमा सर्बपक्षीय छलफल गरेर डा. भेषप्रसाद धमालाको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । समितिले सोमबारदेखि अनिश्चितकालिन आमहडताल आहृवान गरेको छ । हड्तलाका कारण बजार, पसल यातायात पूर्ण रुपले अवरुद्ध छन् ।

राजधानी विकेन्द्रीकृत गर्न हुँदैन भन्ने जनस्तरबाट उठेको आवाजलाई आफ्नोपूर्ण समर्थन रहेको मेयर भीम पराजुलीले बताए । ‘नागरिक स्तरबाट भएको शान्तिपूर्ण आन्दोलनमा मेरो सर्मथन छ’ उनले भने ।विराटनगरलाई राजधानी बनाएर कार्यापालिका र व्यवस्थापिका अन्यन्त्र लैजानु व्यवहारिक नभएको भन्दै उनले सच्याउन माग गरेका छन् । उनी भन्छन्, ‘जनतालाई सहज बनाउन एकै ठाउमा संरचना निर्माण गर्नुपर्ने हो तर, विराटनगरलाई राजधानी घोषणा गरेर कार्यापालिका र व्यवस्थापिका इटहरी आसपास लैजानु व्यवहारिक छैन ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments