Tuesday, July 27, 2021
घरBanner Newsलागुऔषध बोकेको भारतीय गाडीसहित धादिङबाट १ पक्राउ

लागुऔषध बोकेको भारतीय गाडीसहित धादिङबाट १ पक्राउ

काठमाडौं:  प्रहरीले लागुऔषध बोकेको भारतीय गाडीसहित १ जनालाई धादिङबाट पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ४७ किलोग्राम चरेश र ९७८ चरेशसहित जयपृथ्वी नगरपालिका–८, बझाङका काल्चे बोहोरालाई सोमबार बिहान १ बजे गजुरीको सोतीखोलाबाट नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले भारतीय नम्बर प्लेटको डीएल ३ सीएडी ७०८१ नम्बरको मारुती सुजुकी कारसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए । निरौलाका अनुसार, बोहोराको साथबाट १ थान मोबाइल र समिकार्ड पनि बरामद भएको छ ।

नियन्त्रणमा परेका बोहोरामाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments