काठमाडौं : अदालतमा विचाराधीन मुद्धामा सहजीकरण गरिदिने भन्दै घुस लिएका उच्च अदालत तुलसीपुरका टाइपिस्ट -नायबसुब्बा)लाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
घुसवापतको तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नायवसुब्बा कृष्णकुमार पाठकलाई रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।