Tuesday, July 27, 2021
घरBanner Newsनीति तथा कार्यक्रमाथि आजदेखि संसदमा छलफल, ६ वटा संशोधन दर्ता

नीति तथा कार्यक्रमाथि आजदेखि संसदमा छलफल, ६ वटा संशोधन दर्ता

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदै छ ।

छलफलका लागि प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । नीति तथा कार्यक्रममाथि तीन दिनसम्म संसदमा छलफलका लागि समय दिइएको संसद् सचिवालयले जनाएको छ ।

२४ गते मंगलबार प्रधानमन्त्री केपी ओलीले सांसद्का प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रियामा लगिने सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन्।नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता भएका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित तीन प्रतिपक्ष दलका तर्फबाट संशोधन दर्ता भएको हो ।

कांग्रेसको तर्फबाट २४ जना सांसद्ले संयुक्त संशोधन दर्ता गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालका सांसदले संशोधन दर्ता गरेका छैनन् ।नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल र राष्ट्रिय जनता पार्टी नेपालका चारजना सांसद्ले पनि संशोधन दर्ता गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments