Tuesday, July 27, 2021
घरBanner Newsसिरहाबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

सिरहाबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

सिरहा :हतियारसहित प्रहरीले एक भारतीय नागरिकलाई सिरहाबाट पक्राउ गरेको छ ।

प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल, सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले यादवको साथवाट उक्त पेस्तोल र पेस्तोलको खाली खोका फेला पारेको प्रहरीले जनाएको छ ।प्रहरीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments