Tuesday, July 27, 2021
घरBanner Newsविप्लवको शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष पक्राउ

विप्लवको शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष पक्राउ

भीमदत्तनगर :प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले  उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिए ।प्रहरीले लम्साललाई कञ्चनपुरको बेलारीस्थित हात्तीबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै प्रहरीले पक्राउ गर्न खटिएका प्रहरीमाथि पनि अवरोध सिर्जना गरेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments