Sunday, August 1, 2021
घरBanner Newsबर्डफ्लुका कारण एक युवकको मृत्यु

बर्डफ्लुका कारण एक युवकको मृत्यु

काठमाडौं: नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ ।स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन । त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्‍यालको नमूना पठाइएको थियो ।वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।

मन्त्रालयका अनुसार अरु विरामीमा भने एच फाइट एन वानको संक्रमण देखिएको छैन । एच फाइट एन वान भाइरसले पंक्षीबाट संक्रमण गर्छ र कहिले काहीँ पक्षीबाटै मानिसमा समेत सर्छ ।यो भाइरस पहिलो पटक १९९६ मा पत्ता लागेको थियो । विश्व श्वास्थ्य संगठनका अनुसार २००३ देखि हालसम्म विश्वभर ८६० जनामा एच फाइट एन वान भाइरसको संक्रमण भएको छ । त्यसमध्ये आधा जत्ति (४५४) मानिसको मृत्यु भएको तथ्यांक छ । तर, अहिलेसम्म एच फाइभ एन वान भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments