Monday, May 16, 2022
घरTrendingविश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर पत्रकार महासंघले -याली निकाल्दै

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर पत्रकार महासंघले -याली निकाल्दै

काठमाडौं : प्रत्येक वर्ष मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले बैशाख २० गते (मे ३) का दिनमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ युनेस्कोको सहयोगमा विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै छ ।

साथै, विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर र नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सञ्चालन गरेको दबाब अभियानको सन्दर्भ पारेर बैशाख १८ गते देशका सात वटै प्रदेशको राजधानी रहेका शहरमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता -याली  आयोजना गरेको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

काठमाडौंमा नेपाल पत्रकार महासंघले बैशाख १८ गते विहान ७ः०० बजे बबरमहलस्थित जिल्ला अदालत अगाडि भेला भई नया“बानेश्वरसम्म ऐक्यवद्धता -याली गर्दैछ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अघि बढाएको अभियानमा सहभागी भई ऐक्यवद्धता जनाइदिनुहुन सम्पूर्ण पत्रकार, पेशाकर्मी, नागरिक अधिकारकर्मी, राजनीतिक दल, बुद्धिजीवी, युवा, विद्यार्थीसहित श्रमजीवीलाई अनुरोध गरेको छ ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments