ललितपुरको बागमती गाउँपालिकामा गाडी दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।बागमती गाउँपालिका–३ नयाँगाउँमा सोमबार बेलुका पौने ८ बजे बा ५ च ५६९६ नम्बरको गाडी दुर्घटना हुँदा चालक र गाडीमा सवार दुईजनाको ज्यान गएको हो ।
बर्दिबास घर भएका चालक १९ वर्षका विशाल मगर, बागमती गाउँपालिका–३ नयाँगाउँकी २८ वर्षे सुविता मोक्तान तथा सोही ठाउँकी १७ वर्षे सुनिता लोप्चनको ज्यान गएको प्रहरीले जनाएको छ ।