सरकारले उक्त काममा ७ सय ५० जना इन्जिनियर खटिने पनि उनले बताए ।बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा पत्रकारसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट पारे । ‘हावाहाहुरी प्रप्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन’ उनले भने ।
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालयसमेत हुने गरी दुईकोठे घर बनाइने जानकारी दिए । उनले क्षतिग्रस्त भएको घरका आधारमा सो निर्णय गरिएको र पूर्णरुपमा क्षति भएका व्यक्तिको घर बबनाइने बताए ।
यसअघि उपप्रधानमन्त्री पोखरेलले पीडितलाई नयाँ घर बनाउने जिम्मेवारी पाएका सेनाका प्रमुखहरुसँग जानकारी लिएका थिए । सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ ।