Thursday, June 17, 2021
घरBanner Newsसेवाग्राहीसँग घुस लिँदै गर्दा सप्तरीका वडाध्यक्ष पक्राउ

सेवाग्राहीसँग घुस लिँदै गर्दा सप्तरीका वडाध्यक्ष पक्राउ

सप्तरी : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् ।काम गराइदिने भन्दै सेवाग्राहीसँग लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो ।

मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।अख्तियारले नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments