Thursday, June 17, 2021
घरBanner Newsललितपुर महानगरले पनि ल्याउने भयो दुईवटा ब्रमुर

ललितपुर महानगरले पनि ल्याउने भयो दुईवटा ब्रमुर

ललितपुर :ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरिद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरिद प्रक्रिया अघि बढाइएको हो ।ब्रमुर खरिदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वीटजरल्याण्डमा बनेको बु्रमर खरिद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा बु्रमर पर्याप्त हुने उनले बताए । ‘नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर पर्याप्त हुनेछ’ उनले भने । महानगरपालिकाले खरिद गर्न लागेको बु्रमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए ।

ललितपुर महानगरपालिकामा अहिले एउटा सानो ब्रुमर भए पनि सञ्चालनमा नभएको उनले बताए । ‘अहिले हामीसँग भएको पुरानो प्रविधिको ब्रुमरले धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन ।’ महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments