Wednesday, October 27, 2021
घरBanner Newsबिराटनगर हिँडेको बस दाङमा दुर्घटना,४ जना घाइते

बिराटनगर हिँडेको बस दाङमा दुर्घटना,४ जना घाइते

बुटवल: दाङको तुलसीपुरमा बस दुर्घटना भएको छ । तुलसीपुर-६ हात्तीखौवामा बस दुर्घटना भएको हो ।तुलसीपुरबाट बिराटनगर जादै गरेको ना५ख २२३४ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दंगीसरण गाउँपालिका-२ का जमुना वली, बबई-२ का सिताराम ओली तुलसीपुर-५ का यज्ञबहादुर बिक र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जनाएको छ ।बसमा कतिजना यात्रु सवार थिए भन्ने खुलेको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments