Monday, June 14, 2021
घरBanner Newsपुनर्निर्माणको काम एक वर्षमा पूरा हुने दावी : प्रधानमन्त्री ओली

पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने दावी : प्रधानमन्त्री ओली

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने दावी गरेका छन् । पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको उनको भनाइ छ ।२०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

गोरखा भूकम्पको वार्षिकीमा प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौं लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments