Friday, July 30, 2021
घरBanner Newsविप्लव समूहकी महिला नेत्री रुपन्देहीबाट पक्राउ

विप्लव समूहकी महिला नेत्री रुपन्देहीबाट पक्राउ

बुटवल :विप्लव समूहकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् ।सरकारद्वारा प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्रेको हो ।

सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् ।छोरासहित सुवेदीलाई पक्राउ गरिएको दाबी स्थानीयले गरे पनि रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले उनलाई मात्रै नियन्त्रणमा लिएको जानकारी दिए ।पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको छ । एसपी थापाले उनीमाथि थप अनुसन्धान भइरहेको  बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments