Tuesday, June 15, 2021
घरBanner Newsडडेल्धुरामा यात्रुबाहक बस दुर्घटना, ६ जनाको मृत्यु, २५ घाइते

डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना, ६ जनाको मृत्यु, २५ घाइते

डडेलधुरा :डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र २ महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पुष्टि गरे ।धनगढीबाट बझाङ जाँदै गरेको बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments