Wednesday, October 27, 2021
घरBanner Newsमाइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु

माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका-१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग१य ४८५ नंम्बरको माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग१३प ९१८१ नंम्बरको स्कुटरलाई ब्यास नगरपालिका-४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको रहेको जनाइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments