Tuesday, June 15, 2021
घरBanner Newsबुधबारसम्म चट्याङ्ग र हुरीबताससहित पानी पर्ने

बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित पानी पर्ने

काठमाडौं: देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।देशका पहाडी भू-भागमा दिउँसो र रातिको समयमा मेघ गर्जनका साथै केही स्थानमा चट्याङ र हुरीबताससहित हल्का वर्षा हुने अनुमान मौसम विद्हरुको छ ।सोमबार, मंगलबार र बुधबार तीनै दिन मौसमको अवस्था उस्तै रहेने अनुमान गरिएको छ ।

सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानीसमेत पर्ने अनुमान गरिएको छ भने मंगलबार पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू-भागका केही स्थानमा पानी पर्ने मौसमविद्को अनुमान छ ।बुधबार पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने, केही स्थानमा मेघ गर्जन हुनुका साथै चट्याङ्ग, हुरीबताससहित हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments