Tuesday, May 17, 2022
घरBanner Newsरामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना

रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना

रामेछाप : रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन ।सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।

9Mkk कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।मन्थलीमा हिजो अपराह्न ठूलो वर्षा भएको थियो । वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments