Sunday, October 17, 2021
घरBanner Newsधादिङको रोराङ गाउँपालिकामा वस दुर्घटना, २ जनाको मृत्यु

धादिङको रोराङ गाउँपालिकामा वस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं :काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।२५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन ।बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments