Sunday, December 5, 2021
घरBanner Newsश्रीलंकामा बम विष्फोट: कम्तीमा २० को मृत्यु, २०० घाइते

श्रीलंकामा बम विष्फोट: कम्तीमा २० को मृत्यु, २०० घाइते

काठमाडौं :श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् ।इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।

कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो ।कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।घटनाको थप विवरण आउन बाँकी छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments