Sunday, September 26, 2021
घरसमाचारअस्पतालभित्रै मृत भेटिइन् नर्स

अस्पतालभित्रै मृत भेटिइन् नर्स

 जनकपुर:जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल, जनकपुरमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

हस्पिटल स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको हो ।जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको शव फेला परेको पुष्टि गरे ।घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीले घटनाबारे प्रहरीले अनुसन्धान थालेको अनलाइनखबरलाई जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments