Sunday, September 26, 2021
घरBanner Newsदेशभरका वालवालिकालाइ भिटामिन ‘ए’ खुवाइदै

देशभरका वालवालिकालाइ भिटामिन ‘ए’ खुवाइदै

सरकारले शुक्रबारबाट देशभर भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी बिच्छाका अनुसार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो । आज र भोलि कार्यक्रम प्रदेशअन्तर्गतका स्थानीय तहले नै सञ्चालन गर्ने उनले बताए ।

यो अभियानमा २८ लाख बालबालिकालाई समेट्ने सरकारको लक्ष्य छ । यसका लागि ५४ हजार महिला स्वयंसेविका र प्रत्येक जिल्लाबाट जनस्वास्थ्य कर्मचारी खटाइने डा विच्छाले जानकारी दिए ।

बालबालिकालाई संक्रामक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधी क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखासम्बन्धी रोगबाट बचाउन भिटामिन ए खुवाउने गरिन्छ । भिटामिन ए तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाउने गरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments