Sunday, December 5, 2021
घरBanner Newsविप्लवका नवलपरासी जिल्ला सदस्य पक्राउ

विप्लवका नवलपरासी जिल्ला सदस्य पक्राउ

नवलपरासी : पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यलाई पक्राउ पारेको छ ।प्रहरीले मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट सो समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई पक्राउ गरेको हो । उनलाई बिहीबार साँझ आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि पनि पूर्वी नवलपरासीबाट विप्लवका ३ नेतालाई पक्राउ गरेको थियो ।जिल्लामा कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना तयार गरेर अघि बढेको जिल्ला प्रहरी कार्यालय पर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments