Tuesday, November 30, 2021
घरखेलकुदकुवेतले दियो १५८ रनको लक्ष्य, रोहितको उत्कृष्ट बलिङ

कुवेतले दियो १५८ रनको लक्ष्य, रोहितको उत्कृष्ट बलिङ

काठमाडौं:यू–१९ विश्वकप छनोटको अन्तिम खेलमा कुवेतले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनायो । उसका लागि नोमान बुद्रो एक्लैले ७० रन बनाए ।

खराब सुरुवात गरेको कुवेतले १२ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । तर, चौथो नम्बरमा आएका नोमानले तेस्रो विकेटका लागि गोलुक कुमारसँग ७४ रनको साझेदारी गरे । यो साझेदारी टुटेपछि कुवेतले लगातार विकेट गुमायो । सातौं विकेटका लागि हमौद अमानुल्लाहले नोमानसँग ३० रनको साझेदारी गरे ।कुवेतको एउटा एण्ड सम्हालेका नोमान उनी अन्तिम विकेटका रुपमा आउट हुनुअघि १२० बलको सामना गरे । उनले ८ चौका हानेका थिए ।नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चिएर ३ विकेट लिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments