Wednesday, October 27, 2021
घरBanner Newsटेलिकमले ल्यायो नयाँ वर्ष अफरः २ सयमा डाटा प्याक, २ सय मिनेट...

टेलिकमले ल्यायो नयाँ वर्ष अफरः २ सयमा डाटा प्याक, २ सय मिनेट भ्वाइस कल र २ सय वटा एसएमएस

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।३० चैतबाट सुरु भएर ३ वैशाखसम्म लिन सकिने यो अफरअन्तर्गत २ सय रुपैयाँको रिचार्जमा ३ जीबी डाटा, २ सय मिनेट टक टाइम र २ सय वटा एसएमएस पठाउन पाइनेछ ।सो अफरका रूपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउनेछ ।

सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । उक्त प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहनेछ । प्याक प्राप्त गर्न ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments