Thursday, June 17, 2021
घरBanner Newsटिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, स्थानीय द्वारा टिपरमा आगजनी

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, स्थानीय द्वारा टिपरमा आगजनी

नुवाकोट :टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना ३३ प ३४६६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा ५ ख २८९८ नम्बरको टिप्परले ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनाल छन् । खनालको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रहेका मुन्ना गुप्ता घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments