Tuesday, October 26, 2021
घरBanner Newsनेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य, सतक हान्न ५ रनले चुके रोहित

नेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य, सतक हान्न ५ रनले चुके रोहित

मलेसियाको क्वालालम्पुरमा जारी यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तगर्त जारी खेलमा नेपालले सिंगापुरलाई २८३ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपाल ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको हो ।नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ९५ रनमा आउट भए । उनले १०५ बल खेलेका थिए । ४५ औं ओभरमा महत्वपूर्ण तीन विकेट गुमाएपछि नेपाल २८३ रनमा सीमित भएको हो ।

अर्का ब्याट्सम्यान रसिद खान २ रनले अर्धशतक बनाउनबाट चुके । उनले ४७ बलमा ४८ रन बनाएका थिए । त्यस्तै पवन सराफ पनि ३ रनले अर्धशतक बनाउनबाट चुके । उनले ५३ बलमा ४७ रन बनाएका थिए । सुर्य तामाङ, सन्दीप जोरा र सागर ढकाल खाता नै खोल्न सकेनन् ।

प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका ६ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ ।छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments