Wednesday, September 22, 2021
घरBanner Newsसुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ ।

तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका संयोजक कैलाश चन्दले बताए ।विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको पदाअवधि छँदाछँदै प्राध्यापक डा पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकेपछि आन्दोलनमा उत्रिएका हौँ,’ उनले भने, ‘विश्वविद्यालयको स्वायत्तता र ऐन नियमको अवमूल्यन गरिएको छ । यसैका विरुद्ध हाम्रो आन्दोलन हो ।’निर्णय नसच्याउँदासम्म तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम जारी रहने नेविसङ्घले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments