Friday, July 30, 2021
घरBanner Newsवीर अस्पतालको ताला प्रहरीले खुलायो, आँगनमा बिरामी जाँच्दै डाक्टर

वीर अस्पतालको ताला प्रहरीले खुलायो, आँगनमा बिरामी जाँच्दै डाक्टर

काठमाडौं :आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । प्रहरीले ताला खुलाए पनि डाक्टरहरुले कार्यकक्षमा बिरामीहरुको स्वास्थ्य परीक्षण भने गरेका छैनन् ।वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताए ।उनले भने, ‘अस्पताल प्रशासनकै पहलमा ताला खुलाइएको हो । अहिले बाहिरै बिरामी जाँच्ने काम भइरहेको छ ।’

उनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन ।वीर अस्पतालका निर्देशक सेञ्चुरीले सरकारी डाक्टरहरुको आन्दोलनले समस्या परेकाले समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरेको र सकारात्मक प्रतिक्रिया पाएको बताए ।सबै सरकारी डाक्टरहरुलाई केन्द्रमा समायोजन गर्न माग गर्दै सरकारी डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेको पाँच दिन बितिसकेको छ । डाक्टरहरुको आन्दोलनबाट बिरामीहरुको बिचल्ली भएको छ ।सधैंजस्तै बुधबार पनि सरकारी डाक्टरहरु वीर अस्पताल परिसरमा धर्नामा बसेका बेला प्रहरीले ओपीडी कक्ष खुलाएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments