Sunday, June 20, 2021
घरBanner Newsउद्योगपति दिवाकर गोल्छाको निधन

उद्योगपति दिवाकर गोल्छाको निधन

नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको गोल्छाको मंगलबार राति भारतको चेन्नइमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका ६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् ।हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेशनले सञ्चालन गरिरहेको छ ।उनी गोल्छा अर्गनाइजेशनका संस्थापक हुलासचन्द्र गोल्छाका छोरा हुन् । दिवाकरका दुई छोरा छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments