Tuesday, July 27, 2021
घरBanner Newsसिटौलाको प्रश्न : सरकारविरुद्ध शेरबहादुर किन बोल्दैनन् ?

सिटौलाको प्रश्न : सरकारविरुद्ध शेरबहादुर किन बोल्दैनन् ?

काठमाडौं :नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संविधान क्षतविक्षत बनाउँदा पनि चुप लागेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।संविधानलाई क्षतविक्षत गर्ने काम सत्ताबाट भएको छ । कांग्रेस किन बोल्दैन ?’ उनले प्रश्न गरे ‘सभापति बोल्नुहुँदैन, मैले बोलेर मात्र के गर्ने ?’

अहिले कांग्रेसको केन्द्र नै अलमलिएको सिटौलाले बताए । कांग्रेस आफैभित्र लुछाचुँडीमा रहेको भन्दै उनले अहिले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि आरोप लगाए । ‘आफैंभित्र लुछाचुँडीमा छ कांग्रेस, एकै सैद्धान्तिक गन्तब्यमा पार्टी हिँडाउन सकिएको छैन, भातृ संगठन क्षतविक्षत छन्, नेविसंघ कहाँ छ’ सिटौलाले प्रश्न गरे ‘आफैंभित्र बोल्न, कार्यकर्ताुसँग बोल्न नसक्नेले कम्युनिस्टसँग लड्न सक्छ ?’

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आफ्नो हिस्सा खोज्ने बाहेक काम नगरेको सिटौलाले आरोप लगाए । शेरबहादुरजीले मलाई यति तपाईलाई यति भनेपछि विचरा रामचन्द्र जी के गर्नुहुन्छ ? यति  वताइदेउ भन्छन्।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments