Monday, June 14, 2021
घरBanner Newsअपहरणको आरोपमा ४ जना पक्राउ

अपहरणको आरोपमा ४ जना पक्राउ

काठमाडौं : अपहरणको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ३ जनाको नाम भने खुलाइएको छैन ।उनीहरुले भक्तपुरको चाँचुनारायण नगरपालिका-९ ताथली हललमा डेरामा बस्ने झापा दमक नगरपालिका-९ दूधेका २५ वर्षीय सन्तोष लिम्बुलाई अपहरण गरेको आरोप छ ।

बा९च १८०१ नम्बरको कारमा सन्तोषलाई जबर्जस्ती राखी लगेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका-९ ब्रम्हायणीबाट सन्तोषको उद्दार गरी ४ जनालाई गाडीसहित पक्राउ गरेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments