Sunday, December 5, 2021
घरBanner Newsभाइको नाममा एसईई परीक्षा दिने दाइ पक्राउ

भाइको नाममा एसईई परीक्षा दिने दाइ पक्राउ

लहान :माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो ।

गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ ।यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments