Wednesday, September 22, 2021
घरBanner Newsरोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन:नारायणगढ-मुग्लिन सडकखण्डको रामनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।आइतबार साँझ मुग्लिनतिर जाँदै गरेको ना २० प ७५१८ नम्वरको मोटरसाइकल ना ६ ख ५७२९ नम्वरको ट्रकमा ठोक्किँदा पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने १६ वर्षीय सरोज भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा देवघाट ४ बस्ने ४० वर्षीय महेश्वर कँडेल घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।बिग्रिएको ट्रक मर्मतका लागि भन्दै सडक छेउमा रोकिराखेको थियो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments