चितवन :चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन् ।भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी एकै स्थानमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन ।आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।घटनाबारेअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए । उनले अहिले अनुसन्धानका लागि आफू घटनास्थलमै रहेको बताए ।