Sunday, June 13, 2021
घरमनोरञ्जनप्रदिप र जसिताको ‘लभ स्टेशन’ आजदेखि हलमा

प्रदिप र जसिताको ‘लभ स्टेशन’ आजदेखि हलमा

फ्राइडे रिलिज अन्र्तगत दर्शकले आजबाट चलचित्र ‘लभ स्टेशन’ हलमा हेर्न पाउनेछन् । आजबाट देशभरका हलमा यो चलचित्र रिलिज भएको हो । यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । चैत्र महिना लागेसँगै २ भन्दा कम चलचित्र रिलिज नभएको अवस्थामा आज भने ‘लभ स्टेशन’मा रिलिज भएको हो ।

‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ मुख्य भूमिकामा छन् । चलचित्र ‘लिलिबिली’बाट उदाएको यो जोडीले दोश्रो चलचित्रमा पनि दर्शकको विश्वास जित्ने अपेक्षा गरिएको छ ।लभ स्टोरी कथामा निर्माण भएको चलचित्रलाई मल्टिप्लेक्समा पनि उच्च शो मिलेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments