Wednesday, June 16, 2021
घरBanner Newsआँधीको अध्ययन गर्न मौसमविदको टोली बारा-पर्सा जाँदै

आँधीको अध्ययन गर्न मौसमविदको टोली बारा-पर्सा जाँदै

काठमाडौं : विनासकारी आँधीबेहरीको अध्ययन गर्न मौसमविदको टोली बारा र पर्सा जाँदै छ । मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविद सहितको टोली बुधबार त्यसतर्फ जान लागेको हो ।टोलीमा वरिष्ठ मौसमविदद्वय सुजन सुवेदी र अर्चना श्रेष्ठ तथा सहायक मौसमविद गोविन्द झा छन् ।

उनीहरुले स्थलगत अवलोकन गर्ने छन् । यो टोलीले ल्याउने रिपोर्टका आधारमा थप अध्ययनको लागि अर्को उच्चस्तरीय टोली बनाउने-नबनाउने भन्ने निर्णयमा पुग्ने सरकारको तयारी छ ।मौसमविदले सानो क्षेत्रमा मात्रै क्षति पुर्‍याउने गरी बारा र पर्सामा आएको हावाहुरी असामान्य रहेको र यो अध्ययनको विषय भएको बताउँदै आएका छन् । मौसमविद विभूति पोखरेलले  भनिन्, ‘यो नेपालमा एक्सट्रिम केस हो । यसको अध्ययन जारी छ ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments