Thursday, June 17, 2021
घरBanner Newsबाराका हुरीपीडितका लागि सुरक्षाकर्मीले १ हजार टहरा बनाउने

बाराका हुरीपीडितका लागि सुरक्षाकर्मीले १ हजार टहरा बनाउने

सरकारले बाराका हुरीपीडितका लागि टहरा बनाउने काम सुरू गरेको छ। हुरीबाट सबैभन्दा बढी प्रभावित बाराका भुलही,भरवलिया र पुरैनिया तिनैवटा निकायका सुरक्षाकर्मीले टहरा बनाउन लागेका हुन्। मंगलबार उनीहरूले रेडक्रसको टोलीसँगै सरसफाइको काम गरिरहेको छन्। अहिले त्यस ठाँउमा नेपाल रेडक्रसले पठाएको १ सय ५० पाल पुगिसकेको छ भने गृह मन्त्रालयले पठाएको ३ सय पाल पुग्ने क्रममा रहेको सेनाका एक अधिकृतले  बताए ।

‘हामीले बिहानैदेखि सरसफाइ गरेर पाल राख्ने ठाँउ बनाइरहेका छौं। रेडक्रस सहभागी जिल्ला सुरक्षा समितिको बैठक बसेपछि पाल राख्नुपर्ने संख्या तय हुन्छ,’ ती अधिकृतले भने, ‘अहिलेसम्मको प्रारम्भीक अनुमान अनुसार १ हजारको हाराहारीमा टहरा बनाउनुपर्ने हुन्छ।’नेपाली सेनाले पनि ३ सय भन्दा बढी पाल त्यसतर्फ पठाइसकेको छ। नेपाली सेनाले बिरामीका लागि रगत संकलनदेखि खानेकुरा बाँड्नेसम्मको काम पनि गरिरहेको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments